Advertisiment

नेकपा निर्णयः महाधिवेशन चैतमा, एमसीसीलाई परिमार्जन गरेर पास गर्ने


काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले यही चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशनबारे छलफल गर्न नेकपाले केन्द्रीय समितिको बैठक समेत आह्वान गरेको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार आवश्यक संशोधनमार्फत पार्टीमा छलफल गरेर निर्णय गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाको जारी स्थायी कमिटी बैठक आज सकिएको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment