काठमाडाैं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ ।
संसद विघटनपछि विभाजित बनेको प्रचण्ड–माधव समूहले विभिन्न ६८ जिल्लामा नेतृत्व चयन गरेको हो ।

बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको पनि नेकपाले जनाएको छ ।
प्रचण्ड र नेपाल दुबैले समान हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेपछि ६८ जिल्लाले अध्यक्ष र सचिव पाएको हो ।
त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ ।
तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्ला-सरहका कमिटी रहेका थिए ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार ६८ वटा जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।
प्रचण्ड समूहले जारी गरेको सूची अनुसार अहिलेसम्म टुंगिएका ६८ जिल्लामा पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । अझै ९ जिल्लामा नेतृत्व टुंगो लगाउन बाँकी रहेको छ।
हेर्नुहाेस् नामावलीः