Advertisement

नेकपा सचिवालय बैठक सुरु


काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएकाे छ । बैठक पूर्व निर्धारित समयभन्दा केही ढिलाे  बालुवाटारमा सुरु भएकाे हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार प्रसार विभागका सह-संयाेजक सुर्य थापाले बैठक सुरु भएकाे जानकारी दिनुभएकाे हाे । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित  हुनुभएकाे थापाले जानकारी दिनुभयाे ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सचिवालय बैठक निर्धारित समयभन्दा आधा घण्टाअघि नै बालुवाटार पुग्नुभएकाे थियाे ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच सचिवालय बैठकअघि एक्लाएक्लै भेटवार्ता भएको छ ।

गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन ।

गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बैठक आजका लागि सारिएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement