Advertisement

नाजिर हुसेन ‘लेवल ब्रान्ड’को ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त


काठमाडौं । नेपाली कलाकारीता क्षेत्रमा परिचित नाम हो नाजिर हुसेन । दर्शक माझ लोकप्रिय बन्न सफल नाजिर पछिल्लो समय‘लेवल ब्रान्ड’को ब्रान्ड एम्बेसडरमा नियुक्त हुनु भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै नाजिर ‘लेवल ब्रान्ड’ सँग जोडिएको सार्वजनिक गरिएको हो।पहिरनसँग जोडिएको उक्त ब्रान्डको परिचित लेवलसँग लामो समयको छलफल र बुझाइपछि मात्रै आफू जोडिएको नाजिरले बताउँनु भयो ।

लेवलका सिइओ केपी पराजुलीले ब्रानडले देशभरिका विभिन्न आउटलेटमार्फत आफ्ना उपभोक्तालाई सेवा दिँदै आएको बताउँनुभयो।

पराजुलीका अनुसार नाजिरको लोकप्रियता देखेर उहाँलाई ब्रान्ड एम्बेसडरको रुपमा छनोट गरेको हो । उहाँ भन्नुभयो, ‘नाजिरको लोकप्रियता पछिल्लो समय बढेकाले ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेका हौं ।’

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement