Advertisiment

चौरजहारी घटनाको प्रतिवेदन छानबिन समितिले दुई सातामा बुझाँउछ : गृहमन्त्री(भिडियाे)

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा भएको घटनाबारे उच्चस्तरीय छानबिन समितिले दुई सातामा प्रतिवेदन दिने बताउनुभएकाे छ ।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

मंगलबार संसदमा सांसदका प्रश्नमाथि जवाफ दिएका गृहमन्त्री थापाले दुई सातामा समितिले प्रतिवेदन दिने बताउनुभएकाे हाे ।

जाजरकोटका २१ वर्षीय युवा नवराज विकसहित तीन जनाको मृत्यु र ३ जना बेपत्ता भएको घटना छानबिन गरी दोषीमाथि कारबाही गरिने थापाले बताउनुभयाे ।

नवराज आफ्ना १८ जना साथीसहित चौरजहारीस्थित प्रेमिकाको घर गएपछि गाउँलेहरूले उनीहरूमाथि कुटपिट गरेका थिए।

घटनालाई राजनीतिकरण गर्न नहुने गृहमन्त्री थापाले बताउनुभयाे ।

गृहमन्त्री थापाकाे जवाफ र सांसदले प्रतिनिधिसभा बैठकमा उठाएका प्रश्न याे भिडियाेमा हेराैंः

प्रतिनिधि सभाको अर्को बैठक(लाइभ)

प्रतिनिधि सभाको बैठक, २०७७ साल जेठ १३ गते मंगलबार

Gepostet von Naya Sanchar am Dienstag, 26. Mai 2020

Advertisiment