राष्ट्रिय सभाकाे बैठक सुरू, व्यवस्थापन कार्यसम्बन्धी विधेयक प्रस्तुत हुँदै(लाइभ)

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं ।  राष्ट्रिय सभाकाे बैठक सुरू भएकाे छ ।

आजकाे बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “नेपाल विशेष सेवा विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

संसद सचिवालयले प्रकाशित गरेकाे सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले आज नै “नेपाल विशेष सेवा विधेयक, २०७६ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

याे सँगै आजकाे बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त  “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५”
र “विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने  संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनुभयाे ।

बैठक लाइभ हेर्नुहाेसः

राष्ट्रिय सभाकाे बैठक: आज व्यवस्थापन कार्यसम्बन्धि विधेयक प्रस्तुत हुने

राष्ट्रिय सभाकाे बैठक: आज व्यवस्थापन कार्यसम्बन्धि विधेयक प्रस्तुत हुने

Gepostet von Naya Sanchar am Dienstag, 19. Mai 2020