राष्ट्रिय सभा बैठक : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि छलफल

पढ्न लाग्ने समय : मिनेट

राष्ट्रिय सभाकाे बैठकमा आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि छलफल हुँदैछ ।

संसद सचिवालयका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि छ ।

छलफलसँगै आजकै बैठकमा मन्त्री तुम्बाहाङ्फेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि रहेकाे संघीय संसदमा महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयाे ।

बैठक बिहान ११ बजेबाट सुरू भएकाे छ ।