काठमाडौं । मिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिनुभएकाे छ । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिनुभएकाे हाे । उहाँ पेशाले किनरगार्डेन टिचर हुनुहुन्छ ।
अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ ? भनेर सोधिएको थियो ।
