Advertisement

नेपालदेखि भारत र चीनसम्म पुगे हिमाली गिद्धहरु

नेपालमा करिब १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ।


 

एजन्सी। नेपालमा झन्डै १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ। जोखिममा रहेको हिमाली गिद्ध मध्यचीनबाट नेपाल हुँदै भारतसम्म पुग्ने गरेको एउटा अध्ययनले देखाएको छ।

हिमाली गिद्धबारे अध्ययन गर्न झन्डै १६ महिनाअघि कास्कीको अन्नपूर्ण क्षेत्रबाट छाडिएका हिमाली गिद्धमा जडित स्याटलाइट ट्रान्समिटर प्रयोगुबाट हिमाली गिद्धबारे अध्ययन गरिएको थियो।

उक्त अध्ययनले हिमाली गिद्ध मध्यचीनबाट नेपाल हुदै भारत गएको देखाएको चराविज्ञ डां.तुल्सी सुवेदीले बताउनु भयो।
नेपालमा करिब १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ।

यसअघि हिमाली गिद्धले नेपालको हिमाली भेगमा प्रजनन गर्ने र जाडो छल्न तराई झर्ने विज्ञहरूको बुझाइ थियो।

हिमाली गिद्धले चीनबाट बसाइँ सरेर नेपाल हुँदै भारतमा हिउँद बिताउने ठाउँसम्म पुग्न झन्डै ७,००० किलोमिटरभन्दा बढी दूरी तय गरेको अध्ययनले देखाएको सुवेदीले भन्नु भयो।

यसअघि हिमाली गिद्धले नेपालको हिमाली भेगमा प्रजनन गर्ने र जाडो छल्न तराई झर्ने विज्ञहरूको बुझाइ थियो।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement