Advertisement

फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयकाे सु‌झाव


काठमाडाैं । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र प्रयास बारे ब्रिफिङ गरेको छ ।

सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको स्वाथ्यमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतकाे दाबी छ। यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement