Advertisement

‘माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प काठमाडौं’ मंसिर ६ मा


काठमाडौं ।  नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले ‘माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प काठमाडौं’ काे आयाेजना गरेकाे छ ।

नाेभेम्बर २१ (मंसिर ६) मा हुने उक्त बुटक्याम्पमा नि:शुल्क सहभागी हुन सकिने कम्युनिटीले जनाएकाे छ  ।

नेपाल क्लाउड प्राेफेसनल कम्युनिटीका अध्यक्ष प्रदिप कँडेलले बुटक्याम्पमा माइक्राेसफ्ट ३६५ मा समावेश भएका प्रविधि र प्राेडक्टका बारेमा छलफल हुने जानकारी दिनुभयाे ।

माइक्राेसफ्टकाे सहयाेगमा माइक्रासेफ्ट एमभीपी र कम्युनिटीहरूकाे अग्रसरतामा साे बुटक्याम्प हुने गर्दछ ।

बुटक्याम्पमा माइक्राेसफ्ट ३६५ अन्तर्गतका माइक्राेसफ्ट ग्राफ, शेयर प्वाइन्ट फ्रेमवर्क, माइक्राेसफ्ट टिम्स, अफिस एड-इन्स, कनेक्टर्स, एक्सनेबल म्यासेज लगायतका विषयमा सिक्न चाहने सबैजना सहभागी हुन सक्नेछन् ।

विश्वका विभिन्न देशमा याे वर्षकाे बुटक्याम्प अक्टुबर १ देखि डिसेम्बर १५ सम्म जारी रहने माइक्राेसफ्ट ३६५ सम्बन्धी विभिन्न अवसर, प्रविधिकाे प्रयाेगका बारेमा छलफल गरी आयोजना भइरहेकाे छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement