Advertisement

क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ सार्वजनिक (भिडियो)


काठमाडाैं । नेपाली चलचित्र क्षेत्रमा लामो समय काम गरेका बरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मान्छेको आचरणकाे भित्री बाहिरी रुपलाई देखाउन खोजिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन ।

भिडियोमा लामासँगै धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की, मजोन ओली, रत्न डंगोल, अमुल्य राणा, आशिष प्याकुरेल, निशा तमाङ, बिनोद डंगोल लगायतको पनि अभिनय रहेको छ ।

निकै नै मर्मस्पर्शी गीतमा रमेश कंडेलको स्वर, गीतकार काली प्रसाद रिजालको शब्द तथा किरण कंडेलको संगीत तथा संगीत संयोजन रहेको छ ।

भिडियोमा राम कुमार के सिको छांयाकन तथा डिन्सोन शाहको सम्पादन तथा कलरिङ्ग रहेको छ ।

भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियाेः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement