Advertisement

कुकरमा १ किलो सुन सहित एक जना व्यक्ति पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने धनुषाका प्रकाश महरा हुन् ।

मंगलबार राति सवा १० बजे फ्लाई दुबईको विमानबाट आएका महरा कुकर भित्र १ किलो सुन सहित विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसार उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा सुन भेटिएको हो । महरासंग ५० ग्रामको बाला सहित ९ सय ३४ ग्राम सुन थियो भने त्यसमध्ये ८८४ ग्राम सुन कुकरमा थिए ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement