Advertisement

महिला लघुवित्तकाे आइपीओ यसै साता बाँडफाँट हुने, हात पार्न हम्मेहम्मे


काठमाडाैं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) यसै साता बाँडफाँट हुने भएको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका अनुसार बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको छ ।

हाल संस्थाको आइपीओको डाटा भेरिभाईको काम भइरहेकोले भेरिभाईको काम सकिनेवित्तिकै प्रि–अलोटमेण्ट गर्ने तयारी छ ।

सो कम्पनीले गएको माघ ३० देखि फागुन ५ सम्म ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त आईपीओ खरिदका लागि १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणको लागि माग गरिएको ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हो । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेको हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूको हात खाली हुनेछ ।

संस्थाले निष्कासन गरेको आईपीओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement