Advertisement

लायन्स क्लब अफ काठमाडौं महिमाको प्रथम वार्षिक कार्यक्रम सम्पन्न


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं महिमाको प्रथम चार्टर नाइट शुक्रबार साँझ सम्पन्न भएको छ । ललितपुरको रिभाइभ  लिजर पार्कमा आयोजित कार्यक्रममा क्लबको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन र नयाँ सदस्यहरूलाई स्वागत गरिएको छ ।

प्रमाणपत्र र पीन हस्तान्तरण गर्ने क्रममा

वार्षिक प्रतिवेदन प्रस्तुत

क्लबका सहसचिव लायन दाताराम कार्कीले वार्षिक प्रतिवेदन पेश गर्दै लायन वर्ष २०१९-२०२० मा सम्पन्न ३५ वटा विभिन्न सामाजिक कामबारे जानकारी गराउनुभयो । साथै, क्लबका कोषाध्यक्ष लायन निर्मल लामाले विभिन्न सहयोगी व्यक्ति र सदस्यहरूबाट १ लाख ९२ हजार ३६ रुपैयाँ संकलन भएकोमा समाजसेवाका विभिन्न विधामा १ लाख ८७ हजार ८ सय ३६ रुपैयाँ खर्च भएको साथै चारजार दुईसय (४२००) रुपैयाँ बाँकी रहेको प्रतिवेदन पेश गर्नुभयाे ।

नयाँ सदस्यसहित ३८ जनाको सदस्यता रहेको उक्त क्लबमा निकट भविष्यमै ५० जना सदस्य पुर्‍याउने प्रतिवद्धता क्लबका प्रेसिडेण्ट लायन गणेश आचार्यले जाहेर गर्नुभयो ।

कार्यक्रमका सहभागीहरू

कार्यक्रममा सम्पूर्ण सदस्यहरूलाई समाज सेवाको सन्देश र आह्वानसहित डिस्ट्रिक्ट गभर्नरको पीनले सम्मान गरियो भने भूतपूर्व डिस्ट्रिक्ट गभर्नर लायन मधुकर उपाध्यायले इन्टरन्यासनल प्रेसिडण्टको निजी पीनबाट महिमाका प्रेसिडेण्ट लायन गणेश आचार्यज्यूलाई सम्मान गर्नुभयो ।

संसारको लागि नून र ज्योति बन्न सेवा गर्ने कर्मठ हात र हिम्मत भएका मानिसहरूको सहभागिताले सबै काम सम्पन्न भएको क्लबकाे ठहर छ ।

क्लबका चार्टर प्रेसिडेण्ट लायन गणेशबहादुर आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा पूर्व डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय साथै क्याबिनेट कोषाध्यक्ष र डिस्ट्रिक्ट सेक्रेटरी लायन उत्तम झा सहभागी हुनुहुन्थ्याे ।  साथै, लायन्स क्लब अफ काठमाडौं फेलोसिपका प्रेसिडेण्ट कृष्णज्योति शाक्य साथै अन्य क्लका सदस्यहरू, सहकारी, ड्राइभिङ्ग स्कुल संघ,निर्माण संघका प्रतिनिधि लगायतकाे उपस्थिति थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement