Advertisement

लायन्स क्लव अफ काठमाडाैं महिमाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाडाैं र इमाडोल अनि वडा कार्यालय साथै टोल सुधार समितिको संयुक्त प्रयासमा धापाखेल सेता गणेश टोलमा वृक्षारोपण कार्य सम्पन्न भयो


काठमाडाैं । लायन्स क्लव अफ काठमाडाैं महिमा र लायन्स क्लव इमाडोलको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका वडा न २४ को वडा कार्यालय र सेता गणेश टोल सुधार समितिको सहकार्यमा वडा न २४ को सार्वजनिक जग्गामा वृक्षाराेपण कार्यकम सम्पन्न भएको छ ।

“हरियो वन समाजको धन” समाजको धन भन्ने लायन्स क्लवको वृक्षारोपणसम्बन्धी मूलमन्त्रका साथ वृक्षारोपण कार्यक्रमलाइ सबै मिलेर सार्थक बनाइरहेको, जसको लागि स्थानीयबासीहरूको न्यानो साथ र सहयोग रहेको सबैलाइ भान भएको छ ।

सो कार्यक्रम क्लवका अध्यक्ष लायन मीनबहादुर तामाङज्यूकाे सभापतित्वमा ललितपुर महानगरपालिका वडा न २४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक श्री दिनेश कार्कीज्यूको प्रमुख आतिथ्य, लायन्स क्लव अफ काठमाडाैं महिमाका चाटर्ड प्रेसिडेन्ट तथा जाेन चेयरपर्सन लायन गणेश आचार्यज्यूको विशेष आतिथ्यमा कार्यक्रम शुभारम्भ गरियो ।

क्लवका पदाधिकारी तथा समिति मेम्बरहरू

यही क्रममा,  क्रमस  महानगर कार्यपालिका सदस्य श्री कृष्णकुमार नेपाली, वडा सदस्य हरिकृष्ण महर्जन, क्लवका वरिष्ठ उपाध्यक्ष लायन बाबुकाजी महर्जन, सचिव लायन दाताराम कार्की, काेषाध्यक्ष लायन निर्मल लामा, पशुपति टाेल विकास समितिका अध्यक्ष राजेन्द्रकुमार बानियाँ र प्रस्तावित लायन्स क्लव अफ काठमाडाैं इमाडाेलका अध्यक्ष लायन लिलादेवी शर्माज्यूकाे आतिथ्यमा क्लवका सह-सचिव लायन पुरुषाेतम तिमल्सिनाले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

तस्वीर नयाँ सञ्चार

सो कार्यक्रममा लिडर सीप चेयर पर्शन लायन सरोज मगराती, मार्केटिङ चेयरपर्सन लायन कृष्ण भण्डारी, महिमा सदस्य लायन भक्त महर्जन, सदस्य लायन रीता आचार्य, इमाडोल क्लवका सदस्य लायन मन्जु सहनी, बबिता मन्डल, शिशिर सुनुवार लगायत टोल सुधार समितिका सदस्य टोलबासीहरूको उपस्तिथिमा मिति २०७८ साल श्रावण ४ गते सोमबार का दिन १५० वटा विभिन्न जातका विरुवाहरू रोपण गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।

यो वृक्षारोपण कार्यक्रम त लायन्स क्लवसँगको सहकार्यमा भयो, र अब ती विरुवाहरूको संरक्षण, गोडमेल र संवर्द्धन स्थानीय सेतागणेश टोलबासी, २४ नं. वडा र त्यहाँ वरपर बसोबास गर्नुहुने महानुभावहरूले गर्ने एउटा प्रतिवद्धता पनि त्यस कार्यक्रममा घोषणा भएको थियो ।

यो कार्यक्रम लायन्स क्लव अफ काठमाडाैं महिमाका धेरै कार्यक्रमहरूमध्ये एक कार्यक्रम हो । लायन्स क्लव अफ काठमाडाैं महिमाले टोल सरसफाई, रक्तदान कार्यक्रम, बालबालिकाहरूलाई स्कुल ब्याग वितरण कार्यक्रमलगाएत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement