Advertisement

ललित कल्याण केन्द्रमा स्पोर्टस ओलम्पिक २०७८ सम्पन्न

पढ्न लाग्ने समय : मिनेट

ललितपुर । ललित कल्याण केन्द्र आधारभूत विद्यालयमा ३ दिने स्पोर्टस ओलम्पिक सम्पन्न भएको छ ।

ललितपुरकाे भोलढोका‐९ मा अवस्थित उक्त विद्यालयमा तीन दिन चलेकाे ओलम्पिकमा जुनियर र सिनियर गरी जम्मा १५ खेल समावेश गरिएको थियो ।

निजी हाेस् या सरकारी विद्यालय, पछिल्लो समयमा अतिरिक्त क्रियाकलाप कम भएको अवस्थामा सो ओलम्पिकले विद्यालयहरुमा नियमित पढाईसँगै अतिरिक्त क्रियाकलाप पनि भइरहनुपर्ने कुरालाई जोड दिएको छ ।

अल फर बल(All 4 Ball)  र रोटरी क्लब अफ यलको प्रायोजनमा सम्पन्न भएको उक्त ओल्म्पिकमा विद्यालयमा कार्यरत शिक्षकहरु, स्वयंसेवकहरुको सक्रिय भुमिका रहेको थियो ।

३ दिनसम्म चलेको कार्यक्रममा रेड हाउसले सर्वाधिक स्वर्ण जित्दै स्पोर्टस ओलम्पिक २०७८ को उपाधि जितेको छ ।

 

ललितपुर महानगरपालिका, वडा कार्यालय , विद्यालय व्यवस्थापन समिति , रोटरी क्लब अफ यल र सि एस एन संस्थाका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागि थिए । ललित कल्याण केन्द्र आधारभूत विद्यालय सि एस एन संस्थाले व्यवस्थापन गर्दै आएको ६ वटा विद्यालय मध्य एक हो  ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement