Advertisiment

कुलमान घिसिङकाे औपचारिक विदाई, निमित्त कार्यकारी निर्देशकमा कोइराला


काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा हुनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चूनौती हुन सक्ने संकेत गर्नुभयो ।

प्राधिकरणले हाँसिल गरेको उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उहाले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने बताउनुभयो ।

आफुले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै उहाले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको बताउनुभयो ।

प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउदै उहाले लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

घिसिङले प्राधिकरणले उल्लेख्य फड्को मारेको र आफ्नो कार्यकालमा ४५७ मेगावाटका आयोजना संचालनमा आएको बताउनुभयो ।

देशमा विद्युतलाई आत्मनिर्भर, काठमाडौंलाई तार र पोल रहित बनाउने, डिजिटल प्राधिकरण बनाउने, देशभर विद्युत पुर्याउने जस्ता काम आफूले पुरा गर्न नपाएको उहाले बताउनुभयो ।

उहाँलाई सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment