काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ ।
उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट टिकटकले भेरिफाइ समेत गरिसकेको छ ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पार्दासम्म उक्त भिडियोको भ्युज १ लाख ९१ हजार बढी पुगिसकेको छ । ३ सय २६ कमेन्ट, र १३ हजार ७ सय बढी लाइक पुगिसकेको छ भने २८ सय बढीले फलाे गरेका छन् ।
प्रम ओलीको पहिलो टिकटक भिडियो सन्देश यस्ताे छः
मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ ।
@kpsharmaoli_official We are working on service integration digitalnepal