Advertisement

२ अर्बको लागतमा राष्ट्रिय खाद्य बैंक स्थापना, चाँडै नै आइपीओ आउने


काठमाडौं । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ ।

२ अर्बको लागतमा स्थापना भएको यस खाद्य बैकले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने छ ।

बैंकले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको छ ।

त्यस्तै, यस खाद्य बैकले चाँडै नै आइपीओ निष्काशन गर्ने तयारी गरेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयाे ।

‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उप्रतीले भन्नुभयाे ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’

देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप स्थापना भएको बैंकमा अहिले २५० जना युवाहरू अवद्ध भइसकेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement