Advertisement

ज्योति लाइफकाे आइपीओ आजदेखि खुला, कति कित्ता भर्दा उचित ?

बजारमा आईपीओ भर्ने १६ लाखका हाराहारीमा पुगेका छन्।


काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँ बराबरको आइपीओमा शुक्रबार(आज ) देखि आवेदन दिन सकिने भएकाे छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिए पनि सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गरिएको हो ।

सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर कारोबार नहुने दिनमा आइपीओ निष्कासन गर्न निर्देशन दिएकोले सोहीअनुसार २ दिनअगाडि नै यो कम्पनीको आईपीओ निष्कासन गरिएको एनएमबी क्यापिटलले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको हाे । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

अहिले बजारमा आईपीओ भर्ने १६ लाखका हाराहारीमा पुगेका छन्। यो हिसाबले यो आईपीओ पनि गोलाप्रथामा जानेछ। त्यसैले यो आईपीओमा कका लागिमात्र आवेदन दिँदा उचित हुने देखिन्छ।

ज्योति लाइफको आइपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलामा चैत ६ गते बैंकिङ समयपछि हुनेछ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement