Advertisiment

आइपीएलमा आज दुई खेल: पहिलो खेलमा कोलकाता र हैदराबादबीच प्रतिस्पर्धा


एजेन्सी ।  यूएईमा जारी १३औं संस्करणको आइपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकाता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् ।

कोलकाता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा रहेको छ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दूरी घटाउन चाहन्छ ।

तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ ।

हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ ।

हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

पञ्जाब अन्तिममा छ भने मुम्बई दोस्रो स्थानमा छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment