Advertisement

देश अघि बढाउनको लागि सूचना प्रविधिलाई प्राथमिकता दिनु पर्ने


काठमाडौं । सूचना प्रविधिलाई प्राथमिकता नदिए देश नै पछि पर्ने अर्थ मन्त्री विष्णु पौडेलले बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधि क्षेत्रमा रहेका चुनौतीको समाधानका लागि सरकार सकारात्मक रहेको धारणा राख्नु भएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेटमा कर बढी छ भने छलफलका लागि आफू तयार रहेको बताउँनु भयो।‘सूचना प्रविधि हामीले जति बुझेका र अभ्यास गरेका छौं, त्योभन्दा धेरै फराकिलो छ ।’ मन्त्री पौडेलले भन्नुभयो, ‘विज्ञानले नयाँ नयाँ आविष्कार गर्दै जाने क्रममा यसको महत्वलाई अझ बढाएको छ । त्यस अर्थमा यो क्षेत्रमा हामी पछि परेको खण्डमा हाम्रो राष्ट्रिय हैसियत नै पछि पर्नेछ । त्यसैले त्यो अनुसारको योजना हामीले बनाउन आवश्यक छ भन्ने सरकारले बुझेको छ ।’

मन्त्री पौडेलले मन्त्रालय हाल बजेट निमार्णको क्रममा रहेकाले यो क्षेत्रको सुझावलाई पनि समेट्न सकिने बताएउँनु भएका छन् । उहाँले हालसम्म अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदनका विषयमा तथ्यपरक सूचना नभएका र यो विषयमा अध्ययन अघि बढाउनुपर्ने पनि बताउनु भयो।

उहाँको अनुसार पछिल्लो समय नेपालको दूरसञ्चार क्षेत्रमा करको विषय सधैं चर्चाको विषय बन्दै आएको छ । मदिराजन्य उत्पादनमा भन्दा बढी कर इन्टरनेटमा लगाउने गरेको भन्दै दूरसञ्चार सेवा प्रदायकले बारम्बार आवाज उठाउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘पहिलो इन्टरनेट ल्याएर ग्राहकको घरसम्म पुग्दा १० ठाउँमा कर लाग्छ । अर्को नेपालको इन्टरनेट विश्वका अन्य मुलुकको तुलनमा सस्तो रहेको पनि यहाँ उल्लेख भएको छ । यदि यस्तो हो भने, करको विषयमा परिमार्जनका लागि तपाईं सरोकारवालसँग बसेर छलफल गर्न म तयार छु ।’

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement