Advertisement

भारतीय नेता राहुल गान्धीका चुनावी र्‍यालीहरु स्थगित


एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बंगालमा हुने आफ्ना सबै चुनावी र्‍यालीहरु स्थगित गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण तीब्ररुपले बढे पछि नेता गान्धीले सबै र्‍यालीहरु स्थगित गर्नुभएको हो ।

उहाँले अरु पार्टीका नेताहरुलाई पनि यस विषयमा सोच्न आग्रह गर्नुभएको छ । ट्वीट मार्फत चुनावी र्‍यालीहरु स्थगित गरेको जानकारी उहाँले गराउँनु भएकाे छ ।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बंगलामा हुने मेरा सबै र्‍यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्न चाहन्छु कि यस्तो अवस्थामा हुने र्‍यालीहरुका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बन्नु होला।’

पश्चिम बंगाल विधानसभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ भने अझै तीन चरणको चुनाव हुन बाँकी छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरेको भए पनि विभिन्न पार्टीका नेताहरुले दैनिकजसो चुनावी सभा तथा र्‍यालीहरु गर्दै आएका छन्।

शनिबार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले सभा गर्नु भएको थियो भने अमित शाहले रोड शो गर्नु भएका थिए। प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा राज्यको भ्रमण गर्ने तयारी छ ।

हालसम्म राहुल गान्धी पश्चिम बंगालको चुनाव पर नै थिए । गान्धीले पाँचौँ चरणको अन्तर्गतको मतदानलाई लक्षित गरि अप्रिल १४ मा पहिलो चुनावी कार्यक्रम गर्नु भएका थिए।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement