Advertisement

प्रसाद खप्तरी मगरको नयाँ ‘हितैको मायालाई’ सार्वजनिक (भिडियो)


काठमाडौं । मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको नयाँ गीत ‘हितैको मायालाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार गायक खप्तरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक खप्तरीसँगै सञ्जु थापा मगरको स्वर रहेको छ भने, जुना श्रीस मगर, जमुना सनम, विमल परियार र राजु सनमले सामुहिक गायनमा साथ दिएका छन् । गीतको शब्द तथा लय गायक खप्तरी आफैको रहेको छ ।

म्युजिक भिडियोमा बहु चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत र जुना सुन्दासले अभिनय गरेका छन् ।

प्रविन भट्टले सम्पादन तथा आकाश रेग्मीले छायाङ्कन गरेको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियो निर्माण बीपी फिल्मसले गरेको हो ।

गयक खप्तरीको मगर संस्कृतिमा आधारित मौलिक सोरठी, सालैजो, ठाडोभाका गीतहरु चर्चित छन् ।

भिडियो र्हेर्नुस्:

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement