Advertisement

अब हिमालय एयरलाइन्सको दुबई उडान साताको तीन दिन


काठमाडौं। हिमालय एयरलाइन्सको काठमाडौंदुबईकाठमाडौं उडान पुनसुरु भएको छ।

यूएईले कोरोनाभाइरस अन्तर्गत सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमनलाई केही खुकुलो बनाएसँगै एयरलाइन्सले  काठमाडौंदुबईकाठमाडौं उडान सुरु गरेको हो

कोरोना कहरका कारण लामो समय स्थगित काठमाडौंदुबईकाठमाडौं उडान साताको तीन पटक हुने गरी सञ्चालन गरिएको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार काठमाडौंबाट हरेक आइतबार, मंगलबार बिहीबार  दुबई उडान हुनेछ भने दुबईबाट हरेक सोमबार, मंगलबार बिहीबार काठमाडौं उडान हुनेछ

एयरलाइन्सले दुबईस्थित हेल्लो हिमालय ट्राभल एण्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्ट नियुक्त गरेको पनि जनाएको

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले लामो समयपछि हुन लागेको दुबई उडानका अवसरमा पहिलो तीन यात्रुलाई विशेष उपहार बोर्डिङ पास दिएर बिदागर्नुभयो

यूएईसँग आफ्नो  संजाललाई फेरि पूर्ववत अवस्थामा अघि बढाउने तयारीमा रहेको अध्यक्ष इंयोङले बताउनुभयो

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement