सिमाना अतिक्रमण विरूद्ध कलाकारहरूको आवाजः ‘हाम्रो माटो’ गीत सार्वजनिक(भिडियाे)

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । ‘मुठी उचाली उठौँ  नेपाली, माटो बचाउन जुटाैँ  नेपाली’ चर्चित गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटोको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त हाम्रो माटो सार्वजनिक गरिएको हो ।

गायक खातीले आज भन्नुभयो, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङग भयो, आफ्नै छाती थिचिएझैं महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।”

नेपाली भूमीको संरक्षणका लागि सार्वजनिक भएको गीतमा शब्दमा सिर्जना चर्चित हास्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकरीको आवाज भरिएको छ ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ ।

यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय श्रीपालकाे रहेको छ ।

देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गर्नुभएको छ ।

सरकारले अहिले नेपालको आधिकारितक नयाँ नक्सा जारी गरिसकेको छ ।

आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीका लागि नक्सामा भएको जमिन फिर्ता गर्न एकजुट हुन जरुरी रहेकाे गायक खातीकाे भनाइ छ ।

गायक खातीकाअनुसार गीतमा उठान गरिएको शब्दहरूले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।

हाम्राे बाटाे गीतकाे भिडियाेः