Advertisiment

डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो (भिडियाे)


काठमाडौं । अनसनकै क्रममा मंगलवार काठमाडौं आइपुग्नुभएका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

डा. केसी जुम्लाबाट आज नेपालगञ्ज हुँदै बुद्ध एयरबाट काठमाडौं आइपुग्नुभएकाे हाे ।

डा. केसीलाई उहाँका सहयोगीहरुले त्रिभुवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए ।

तर विमानस्थलमा झरेपछि प्रहरीले डा. केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।

डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो ।

डा. केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा. केसीलाई ट्रमा सेन्टरतर्फ स्कर्टिङ गरेर लगेको थियो ।

ट्रमा सेन्टर पुराइएपछि डा. केसीले आफुलाई जबर्जस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिनुभएकाे थियाे ।

तर केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टरभित्र लगेको थियो ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन नभएको भन्दै डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका-६ रानीचौरस्थित मन्दिरमा सत्याग्रह सुरु गर्नुभएकाे हाे ।

त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आउनुभएकाे थियाे ।

आफ्ना माग पुरा गर्न थप दबाब दिने भन्दै केसी राजधानी आउनुभएकाे हाे ।

एम्बुलेन्सबाट नओर्लने डा. केसीकाे अडानः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment