Advertisement

रू दुई हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रू दुई हजार ३०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रू ९३ हजार छ ।

प्रतितोला रू ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रू ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रू ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रू दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रू एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रू एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रू ६० ले घटेको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement