Advertisiment

साताको अन्तिम दिन कस्ताे छ सुनकाे काराेबार ?

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सय कायम भएकाे हाे ।

बिहीबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको  थियाे । यस्तै तेजावी सुनकाे मूल्य ९६ हजारमा काेराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १० रुपैयाँ कायम भएकाे छ ।

Advertisiment