Advertisement

फेरि घट्यो सुनको मूल्य


काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement