Advertisement

सुनको मूल्य बढ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement