Advertisement

सुनको मूल्य घट्यो


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बुधबारका तुलनामा सुन तोलाको दुई सय रुपियाँले घटेको हो ।

बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबारका लागि तोलामा २ सयले घटेर ९४ हजार ७ सय कायम भएको छ।

यता चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement