Advertisement

आज पनि घट्याे सुनचाँदीको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ८६ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा नौ सयले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजारले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२८५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२५० कायम भएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement