Advertisement

घट्याे सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?


काठमाडाैं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला एक हजार रुपैयाँले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement