Advertisement

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement