काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा चाँदी ३० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।