Advertisement

बढ्यो आज सुनको मूल्य


काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement