Advertisement

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । साताको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा २ हजार ३ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement