Advertisiment

सुनको मूल्य बढ्याे, यस्ताे छ आजकाे काराेबार


काठमाडौं । नेपालमा केही दिन निरन्तर ओरालाे लागेकाे सुनको मूल्य आज भने बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा ५ रुपैयाँले बढेर १३१५ कायम भएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment