छाेइनसक्नु सुनकाे मूल्य, ताेलाकै पुग्न लाग्याे लाख

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैँ ।  सुनको मूल्यले आज नयाँ  रेकर्ड कायम गरेकाे छ ।

नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला ३ सय रुपैयाँ ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । याे मूल्य छापावाल सुनको हाे । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो ।

हिजाे मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको महासङ्घकले जनाएकाे छ ।

सुनको मूल्य बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा विक्री भइरहेकाे छ ।