Advertisement

आज पनि घट्याे सुनचाँदीकाे मूल्य


काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको छापावल सुनको मूल्य आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।

चाँदीको आजको मूल्य १३३५ रुपैयाँ तोकिको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement