Advertisiment

दशैँमा घट्यो सुनको मूल्य


काठमाडौं । सुनको मूल्य घटेको छ । आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ कायम भएकाे छ ।

गत शुक्रबार प्रति तोला ९४ हजार ९ सय रुपैयाँ रहेको सुनकाे मूल्य २ सयले घटेर आज प्रतितोला ९४ हजार ७ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदी प्रतिताेला १२ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

असोज सुरूमा एक लाखको हाराहारीमा पुगेको सुनको मूल्य कात्तिकको पहिलो सातासम्म आइपुग्दा प्रतितोला ९४ हजारको हाहारीमा आइपुगेको हाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment