Advertisement

बढ्याे आज सुनकाे मूल्य, चाँदीको मूल्य घट्याे


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज १ सय रूपैयाँले बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement