Advertisement

बढ्याे आज सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रूपैयाँमा कारोबार भएकोमा आज २ सयले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement