Advertisement

बढ्याे आज सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ३ सय रूपैयाँले बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सयले बढेकाे हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५५ रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement