Advertisement

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement