Advertisement

घट्याे आज सुनचाँदीकाे मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ३ सय रूपैयाँले घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सयले घटेकाे हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement