काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
