Advertisement

घट्याे आज सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेकाे हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको मूल्य घटेर १ हजार ३ सय २० पुगेको महासंघले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement